उपचार नपाएर मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि
Sunday, August 9th, 2020, 1:03 pm
वीरगन्ज, २५ साउन। वीरगन्जमा काेराेना संक्रमणका कारण थप १ जनाकाे मृत्यु भएकाे छ ।
वीरगन्जका विभिन्न अस्पताल पुर्याए पनि उपचार नपाएर वीरगन्ज–२ छपकैया बस्ने २० वर्षीया युवतीमा कोरोना संक्रमण पुष्टि भएको हाे ।
महिलाको मृत्युपछि गरिएकाे पिसिआर परीक्षणमा रिपोर्ट काेराेना पोजेटिभ आएको नारायणी अस्पतालका प्रमुख डा. मदन उपाध्यायले जानकारी दिए ।
शुक्रबार राति स्वासप्रस्वासमा समस्या आएपछि वीरगन्जको ७ वटा अस्पतालमा लैजादा कुनै पनि अस्पतालले भर्ना नलिँदा उनको बाटोमै मृत्यु भएको थियो ।
कोभिड अस्पतालका संयोजक डा. उदय नारायण सिंहले भने अस्पतालमा आइपुग्दा नै उनी अन्तिम अवस्थामा पुगेकाले बचाउन नसकिएको बताए ।