पहिरोमा पुरिएर एक बालकको ज्यान गयो
Sunday, August 9th, 2020, 11:33 am
कैलाली,२५ साउन । पहिरोमा पुरिएर बाजुरामा एक बालकको ज्यान गएको छ ।
जिल्लाको गौमुल गाउँपालिका–४ डाँडा बाडाको गुवानी माथिबाट खसेको पहिरोमा पुरिएर १२ वर्षीय अनिश विकको मृत्यु भएको गौमुल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले जानकारी दिए ।
पहिरोमा परेर स्थानीय ६० वर्षीय भिके कामी गम्भीर घाइते भएका छन् । उनको भने अवस्था हेरेर उपचार गर्ने गाउँपालिकाका अध्यक्षले जानकारी दिए।
उक्त पहिरोमा परेर मान्छेसंगै ४ बाख्रा र एक गोरु पनि मरेका उनले जानकारी दिए ।