सरकारसंग १२ बुँदे लिखित सम्झौता भएपछि ‘इनफ इज इनफ’ का अभियन्ता ईः ले तोडे अनशन
Sunday, August 9th, 2020, 10:58 am
काठमाडौं, २५ साउन । कोरोनाविरुद्ध लड्न सरकारले १२ बुदे लिखित सम्झौता गरेपछि २३ दिनसम्मको लामो सत्याग्रहमा बसेका ‘इनफ इज इनफ’ का अभियन्ता ईः ले आज बिहान अनशन तोडेका छन् ।
आइतबार बिहान उनी र स्वास्थ्य मन्त्रालयका प्रतिनिधबीच १२ बुँदे लिखित सम्झौता भएपछि मण्डिखाटारस्थित हृयाम्स अस्पतालमा अनशन तोडेका हुन् ।
स्वास्थ्य बिग्रिएपछि ईः लाई अस्पताल भर्ना गरिएको थियो तर उनले अस्पतालबाटै अनशनलाइनलाई निरन्तरता दिएका थिए ।
त्यस्तै कोभिड १९ को प्रभावकारी व्यवस्थापनको माग गर्दै ईः दोस्रो पटक अनशन बसेका थिए ।

