गोंगबुमा सुटकेसभित्र टाउको विनाको लास फेला पर्यो
Sunday, August 9th, 2020, 10:43 am
काठमाडौ, २५ साउन । काठमाण्डौको गोंगबुस्थित गणेशस्थान नजिक एउटा सुटकेसभित्र टाउको विनाको लास फेला परेको छ ।
लासको टाउको भने तीन सय मिटर टाढा भेटिएको छ भने लासको पहिचान भने खुल्न सकेको छैन ।
त्यस्तै घटनास्थलमा काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवाली, अपराध महाशाखा प्रमुख एसएसपी दीपक थापालगायतको टोली पुगेको छ र थप अनुसन्धान भइरहेको छ ।