कृष्ण जन्माष्टमी घरमै बसेर मनाउन ललितपुर महानगरपालिकाको आग्रह
Saturday, August 8th, 2020, 8:05 pm
काठमाण्डौ, २४ साउन । कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखी यो बर्ष कृष्ण जन्माष्टमीको दिन पाटनको मंगलबारस्थित कृष्ण मन्दिर नखुल्ने भएको छ ।
हरेक बर्ष भव्यरुपमा मनाइने कृष्ण जन्माष्टमी यो बर्ष साउन २७ गते मंगलबारको दिन परेता पनि मन्दिर बन्द रहने जानकारी दिदै ललितपुर महानगरपालिका र मंगलटोल मंगलबजारले संयुक्त रुपमा विज्ञप्ति जारी गरेका छन् ।
जारी विज्ञप्तिका अनुसार सम्पूर्ण भक्तजनहरुलाई कृष्ण जन्माष्टमीको दिन आफ्नै घरमा भगवान् श्रीकृष्णको पूजा गरी परम्परालाई निरन्तरता दिन हुन अनुरोध गरिएको छ ।
कोरोना महामारीका कारण कृष्ण मन्दिरलगायत देशका थुप्रै मठ मन्दिरहरु बन्द रहेको छ ।