उपत्यकामा ६२ जना नयाँ कोरोना संक्रमित थपिए
Saturday, August 8th, 2020, 5:01 pm
काठमाडौं, २४ साउन । पछिल्लो २४ घण्टाभित्र उपत्यकामा थप ६२ जना नयॉ कोरोना संक्रमित भेटिएको छ।
त्यस्तै उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा काठमाडौंमा ५६, ललितपुर र भक्तपुरमा ३÷३ जना नयाँ कोरोना संक्रमित भेटिएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, पाटन अस्पताल, वीर अस्पताल, शिक्षण अस्पताल, नेपाल प्रहरी अस्पताल, बिध ल्याब, स्टार अस्पताल, नेपाल कोरिया मैत्री अस्पतालका प्रयोगशालामा गरिएको परीक्षणमा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।