शनिबार ३७८ जनामा कोरोना संक्रमण पुष्टि, ४९९ जना संक्रमणमुक्त
Saturday, August 8th, 2020, 4:43 pm
काठमाडौ, २४ साउन । नेपालमा शनिबार (आज) थप ३७८ जनामा नयॉ कोरोना संक्रमित भेटिएको छ । यो संगै कुल संक्रमितको सख्ंया २२ हजार ५९२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४९९ जना कोरोना संक्रमणमुक्त भएका छन् भने कुल डिस्चार्ज हुनेको संख्या १६ हजार ३ सय १३ पुगेको छ ।
हालसम्म कोरोना संक्रमणका कारण ७३ जनाको मृत्यु भइसकेको छ ।