गृहमन्त्री थापाको कोरोना रिपोर्ट नेगेटिभ भएको पुष्टि
Saturday, August 8th, 2020, 2:36 pm
काठमाडौ, २४ साउन । गृहमन्त्री रामबहादुर थापासहित उहाँका सुरक्षा र राजनीतिक सल्लाहकारको कोरोना संक्रमण परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।
गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईका अनुसार कोरोना सङक्रमित प्रदेश २ का आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्रकुमार यादवको ‘क्लोज कन्ट्याक’मा पर्नु भएपछि बिहीबार स्वाब संकलन गरी परीक्षण गरिएको थियो तर मन्त्री बादलको रिपोर्ट नेगेटिभ आएकोे हो ।
यस्तै साउन १४ गते प्रधानमन्त्री केपी शर्मा ओली सहभागी एउटा कार्यक्रममा प्रदेशमन्त्री यादवसहित गृहमन्त्री थापा पनि सहभागी भएका थिए। मन्त्री यादवलाई कोरोना संक्रमण पुष्टि भएपछि उनको ‘क्लोज कन्ट्याक’मा रहनुभएका गृहमन्त्रीसहित सहभागी टोलीको स्वाब संकलन गरी परीक्षण गरिएको थियो ।
भट्टाराईका अनुसार गृहमन्त्री थापा, उहाँका सुरक्षा सल्लाहकार डा इन्द्रजीत राई, र राजनीतिक सल्लाहकार सूर्य सुवेदीको कोरोना रिपोर्ट नेगेटिभ आएको हो ।