आगामी तीन दिन मनसुन सक्रिय हुने हुँदा देशभर वर्षा हुने
Saturday, August 8th, 2020, 1:01 pm
काठमाण्डौ, २४ साउन । आजदेखि तीन दिनसम्म मनुसुन सक्रिय हुने हु‘दा देशभर वर्षा हुने सम्भावना रहेको छ । मौसमविद् शान्ति कँडेलका अनुसार आज रातिबाट मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक सर्ने सम्भावना देखिएकाले दुई÷तीन दिनसम्म देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै केही स्थानमा भने भारी वर्षा हुने सम्भावना रहेको छ ।
त्यस्तै मनसुनी रेखा नेपालमा धेरै दिनसम्म रही रहेकाले वर्षा बढी भएको बताइएको छ भने मौसम पूर्वानुमान महाशाखाले पहिरो र बाढीको जोखिम बढ्को जानकारी दिदैँ सतर्कता अपनाउन समेत अनुरोध गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश नं २ र ५ का केही भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ ।
त्यस्तै महाशाखाले वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५, कणाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही भुभागमा वर्षा भइरहेता पनि दिउँसो भने देशभरको मौसममा सामान्य बदली भइ देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।
यसैगरी प्रदेश नं १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।