विश्वभरमा १ करोड २५ हजारभन्दा बढि कोरोना संक्रमणमुक्त
Saturday, August 8th, 2020, 12:38 pm
एजेन्सी, २४ साउन । विश्वभर फैलिरहेको कोरोना महामारीका कारण नयाँ संक्रमण र मृत्युदरमा कमि नआएपनि यसबाट निको हुने संक्रमितको संख्या भने बढ्दै गएको छ । पछिल्लो २४ घण्टासम्म विश्वभरमा १ करोड लाख २५ लाख हजारभन्दा बढि मानिसहरु निको भएर घर फर्किसकेका छन् ।
त्यस्तै कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वल्र्डोमिटर्सको पछिल्लो विवरण अनुसार हालसम्म विश्वभर १ करोड २५ लाख ४५ हजार ६ सय २८ जना कोरोनामुक्त भइसकेका छन् । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर ७ लाख २४ हजार ८१ जनाको मृत्यु भइसकेको छ भने कोरोना संक्रमितको संख्या भने १ करोड ९५ लाख ४५ हजार ३२६ पुगेको छ ।
कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म मृतकको संख्या १ लाख ६४ पुगेको छ भने अहिलेसम्म संक्रमितको संख्या ५० लाख ९५ हजार ५२४ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ६३ हजार २ सय ४६ भन्दा धेरैमा नयाँ संक्रमित भेटिएको पुष्टि भएको छ भने १ हजार २ सय ९० जनाको मृत्यु भएको छ ।
यसैगरी अमेरिकापछि सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको ब्राजिलमा संक्रमित संख्या २९ लाख ६७ हजार ६४ पुगेको छ भने पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ५८ जनाको मृत्यु भएको छ । योसंगै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९९ हजार ७०२ पुगेको छ ।
यता छिमेकी मुलुक भारतमा भने कोरोना भाइरसको संक्रमणबाट ४२ हजार ५७८ ज्यान गुमाइ सकेका छन् भने पछिल्लो २४ घण्टामा ६१ हजार ४५५ जना नयाँ संक्रमित थपिएको पुष्टि भएसंगै यहाँ कुल संक्रमितको संख्या २० लाख ८८ हजार ६११ पुगेको छ ।