रुपन्देहीमा कार दुर्घटना, ३ जनाको मृत्यु १ जना घाइते
Saturday, August 8th, 2020, 11:12 am
बुटवल, २४ साउन । परासीबाट भैरहवातर्फ जाँदै गरेको कार अनियन्त्रित भई पल्टिँदा ३ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन्। शुक्रबार राती साढे ११ बजेतिर रूपन्देही रोहिणी गाउँपालिका ४ छिपागडस्थित हुलाकी सडकखण्डमा लु २ च ६७५६ नंम्बरको कार अनियन्त्रित भइ दुर्घटना भएको हो ।
कार अनियन्त्रित भइ सडकबाट करिब १० मिटर तल पल्टिँदा कारमा सवार ४ जना घाइतेलाई उपचारको लागि भीम अस्पताल भैरहवा लगिएको थियो तर उपचारका क्रममा ३ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।
उक्त दुर्घटनामा परि सिद्धार्थनगर नगरपालिका ४ का २७ वर्षीय देवेन्द्र चौधरी, कोटहीमाई गाउँपालिका ३ मर्यादपुरका २८ वर्षीय नौसाद दर्जी र नवलपरासी रामग्राम नगरपालिका १२ पथगावाका १२ वर्षीय प्रदीप ठाकुरको ज्यान गएको हो ।
त्यस्तै रूपन्देही ओमसतिया गाउँपालिका ४ का ३४ वर्षीय अनिल यादव भने घाइते भएका छन् । उनको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको रूपन्देही प्रहरी प्रवक्ता डीएसपी खड्कबहादुर खत्रीले जानकारी दिए ।