प्रहरीको आचरणविरुद्ध काम गर्दा प्रदेश २ का १ जना असई निलम्बिनमा परे
Friday, August 7th, 2020, 7:03 pm
जनकपुरधाम, २३ साउन । प्रदेश २ का एक जना प्रहरी सहायक निरीक्षक (असई)लाई प्रहरीको आचरणविरुद्ध काम गरेको भन्दै निलम्बनमा परेका छन् ।
निलम्बित प्रहरी प्रदेश सशस्त्र प्रहरी गण गुल्म नम्बर ३ जनकपुरधाम दरबन्दी भई प्रहरी चौकी मोहनपुर सर्लाहीमा कार्यरत असई सुरेश सहनी रहेका छन् ।
प्रदेश प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहका अनुसार सहनीको व्यक्तिगत व्यवहार तथा आचरण नेपाल प्रहरीको व्यवसायिक नीतिविरुद्ध भएको यथेष्ट प्रमाण फेला परेपछि उनलाई निलम्बन गरिएकोे हो ।
त्यस्तै आफूविरुद्धको प्रमाणहरु नष्ट गर्न सक्ने सम्भावना भएकाले थप अनुसन्धान गर्नका निम्ति उनलाई निलम्बन गरिएको सिंहले बताएका छन् ।