नेपालमा कोरोना भाइरसका कारण थप ५ जनाको मृत्यु (विवरणसहित)
Friday, August 7th, 2020, 6:42 pm
काठमाण्डौ, २३ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप ५ जनाको कोरोना संक्रमणका कारण मृत्यु पुष्टि भएको छ।
गत साउन २२ गते पाटन अस्पतालमा उपचारका क्रममा पर्साका ४५ बर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । उनको मृत्य भएपछि कोरोना पोजिटिभ पुष्टि भएको हो ।
त्यस्तै साउन २० मा पर्साका एक ७९ बर्षीय वृद्धाको पनि कोरोना संक्रमणले गर्दा आफ्नै घरमा ज्यान गएको थियो भने उनमा कोरोना पोजिटिभ रिपोर्ट मृत्युपछि पुष्टि भएको थियो ।
यसैगरी साउन २२ गते गण्डक अस्पतालमा उपचारका क्रममा पर्साका ५७ बर्षीय एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको थियो ।
धरानको विपि कोइराला स्वास्थ्य प्रतिष्ठान धरानमा उपचारका क्रममा एक २५ बर्षीय युवकको मृत्य भएको थियो भने उनको मृत्युपछि कोरोना परीक्षण गर्दा रिपोट पोजिटिभ पुष्टि भएको हो ।
आज शुक्रबार पाटन अस्पतालमा उपचाररत सर्लाहीका ४५ बर्षीय पुरुषको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।
योसंगै हालसम्म नेपालमा ६६औँ, ६७औँ, ६८औँ, ६९औँ र ७०औँ कोरोना संक्रमितको मृत्यु भएको छ ।