स्वास्थ्यमा समस्या आएपछि सांसद रेशम चौधरीलाई वीर अस्पताल लगियो
Friday, August 7th, 2020, 6:17 pm
काठमान्डौ, २३ साउन। स्वास्थ्यमा समस्या आएपछि सांसद रेशम चौधरीलाई अस्पताल भर्ना गरिएको छ ।
मुटु दुख्ने र खुट्टा सुनिने समस्या देखिएपछि अस्पताल भर्ना गरिएको डिल्लीबजार कारागारका जेलर गणेश आचार्यले जानकारी दिए ।
टीकापुरमा थारु आन्दोलन उत्कर्षमा पुगेका वेला ७ भदौ ०७२ मा डेढ वर्षीय नाबालकसहित ८ जना सुरक्षाकर्मीको सामूहिक हत्या भएको थियो ।
अदालतले चौधरीसहित ११ जनालाई जन्मकैद फैसला सुनाएको थियो । उनी २ वर्षदेखि डिल्लीबजार कारागारमा जेल जीवन बिताइरहेका छन् ।
चौधरी कैलाली १ बाट राष्ट्रिय जनता पार्टीको तर्फबाट विजयी भएका थिए ।