क्वारिन्टिनमा गरिन् युवतीले आत्महत्या, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीमाथि आफन्तद्वारा आक्रमण
Friday, August 7th, 2020, 6:10 pm
काभ्रे, २३ साउन । काभ्रेमा एक युवतीले क्वारेन्टिनमा झुण्डिएर आत्महत्या गरेकी छिन् । काभ्रे बेथानचोक गाउँपालिका वडा न. ४ बर्ष २१ की ती युवती हाल गाउँपालिकाकै क्वारेन्टिनमा बस्दै आएकी थिइन् ।
उनी गत साउन १६ गते दुवइबाट नेपाल आएर क्वारेन्टिनमा बसेकी थिइन् । त्यस्तै गाउँपालिकाको स्वास्थ्य चौकीमा रहेको क्वारेन्टिनमा बसेकी उनीे शुक्रबार दिउँसो झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेकी हुन् ।
यसैगरी उनका आफन्तले युवतीको मृत्युपछि आक्रोशका साथ क्वारेन्टिन व्यवस्थापनको लापरवाहीले यस्तो घटना भएको बताउँदै आक्रमण गरेका छन् भने उनीहरुले क्वारेन्टिन भवनलगाएत त्यहाँ खटिएका स्वास्थ्यकर्मी माथिसमेत ढुंगामुढा गरेका छन् ।
आक्रमणमा परि एक प्रहरी र दुई स्वास्थ्यकर्मी घाइते भएका छन् । घटनास्थितिलाई सम्हाल्नका लागि इलाका प्रहरी बनेपा, सशस्त्र प्रहरी र जनपद प्रहरीको संयुक्त टोली घटनास्थल पुगेको छ ।
त्यस्तै त्यहाँको स्थिती नियन्त्रणमा लिनका लागि प्रहरीहरु कोसिस गरिरहेका छन् ।