वीर अस्पतालमा कार्यरत चिकित्सकमा कोरोना संक्रमण पुष्टि
Friday, August 7th, 2020, 5:39 pm
काठमान्डौ, २३ साउन। वीर अस्पतालमा कार्यरत थप १ जना चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको छ ।
आकस्मिक कक्षमा कार्यरत एक चिकित्सकलाई कोरोना भाइरस संक्रमण देखिएको अस्पतालको श्रोतले बताएको छ । उक्त अस्पतालमा बिहीबार पनि इन्टरनल मेडिसिन विभागमा कार्यरत चिकित्सलाई कोरोना पुष्टि भएको थियो ।
दुवै जना चिकित्सकलाई कोरोना भाइरसको लक्षण देखिएको छ । अस्पतालका २ जना चिकित्सकमा कोरोना संक्रमण भेट्टिएसंगै ३५ जना कर्मचारीलाई क्वारेन्टाइनमा राखिएको अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले जानकारी दिए ।