काठमाडौं, भक्तपुर र ललितपुर दुई साताका लागि सटडाउन गर्ने निर्णय
Friday, August 7th, 2020, 5:25 pm
काठमाडौं, २३ साउन। कोरोना भाइरसको संक्रमण तीव्र बनेसँगै काठमाडौं उपत्यका दुई साताका लागि सटडाउन गर्ने निर्णय भएको छ ।
तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । यस अवधिमा जिल्ला प्रशासन कार्यालयमा अत्यावश्यकबाहेक कुनै पनि सेवा दिइने छैन ।
आइतबारदेखि सबै सरकारी, गैरसरकारी तथा निजी कार्यालयका कामहरु सम्भव भएसम्म नियन्त्रित गर्ने गरिने भएको छ ।
संक्रमण बढ्दै गए र आवागमन तथा हिँडडुलमा नियन्त्रण नभए उपत्यकाको स्थानीय प्रशासनले निषेधाज्ञासम्मको तयारी गरेको छ।
काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि दुई साताका लागि सटडाउन गर्ने भएको हो ।