उपत्यकामा कोरोना संंक्रमितको संख्या बढ्दै, थप १०६ जना नयाँ संक्रमित भेटिए
Friday, August 7th, 2020, 5:08 pm
काठमाडौं, २३ साउन । उपत्यकामा २४ घण्टा भित्र थप १०६ जना नयाँ संक्रमित भेटिएको छ ।
त्यस्तै काठमाडौंमा ८८, भक्तपुरमा ४ र ललितपुरमा १० जना नयाँ कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार त्रिवि शिक्षण अस्पताल, स्टार अस्पताल, टेकु अस्पताल, ह्याम्स अस्पताल लगायतका अस्पतालहरुको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उपत्यकाका १०६ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।