विद्यार्थी बोलाएर तत्काल पठनपाठन हुने सम्भावना छैन : शिक्षा मन्त्री पोखरेल
Friday, August 7th, 2020, 5:10 pm
काठमाडौं, २३ साउन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले तत्काल विद्यार्थी बोलाएर पठपनपाठन सम्भव नहुने बताएका छन् ।
शुक्रबार एक बोल्दै बैठकमा उनले विद्यालयमा विद्यार्थी बोलाएर तत्काल फेस टु फेस पठनपाठन संभव नरहेको बताएका हुन् ।
उनले भने, ‘सरकारले फेस टु फेसको विकल्प के के हुन सक्छ भनेर अध्ययन भइरहे पनि विकल्प भने कार्यान्वयनमा आइसकेको छैन।’
सो समितिको बैठकमा उनले सामुदायिक विद्यालयका शिक्षकलाई आफू कार्यरत विद्यालयमा पुगेर पठनपाठनको नयाँ विकल्पअनुसार काम गर्न आग्रह गरेका छन् ।