कोरोना संक्रमणबाट नेपालमा हालसम्म ७० जनाको मृत्यु
Friday, August 7th, 2020, 5:02 pm
काठमाडौं,२३ साउन । नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७० पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ मार्फत मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार हालसम्म नेपालमा कोरोना संक्रमणबाट ७० जनाको मृत्यु भएको हो ।
२४ घण्टामा देशभर थप ४६४ जनामा संक्रमण (कोभिड–१९) पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ७ हजार ९२६ पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ४६४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।