पछिल्लो २४ घन्टामा थप ४ सय ६४ जनामा काेराेना पुष्टि, ४ सय २५ जना डिस्चार्ज
Friday, August 7th, 2020, 4:56 pm
काठमाडौ, २३ साउन । पछिल्लो २४ घन्टामा नेपालमा थप ४ सय ६४ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफ्रिङ मार्फत मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा ७ हजार ९ सय २६ जनाको परीक्षण गर्दा ४ सय ६४ जनामा काेराेना देखिएकाे जानकारी दिए ।
यससँगै नेपालमा काेराेना संक्रमितकाे संख्या २२ हजार २ सय १४ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा ४ सय २५ जना उपचारपछि निकाे भएर डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेहरुकाे संख्या १५ हजार ८ सय १४ पुगेकाे छ ।
देशभर हाल सक्रिय संक्रमितको संख्या ६ हजार ३ सय ३० छ ।
हाल देशभर १० हजार २ सय ७ क्वारेन्टाइनमा रहेकाे मन्त्रालयका प्रवक्ता गाैतमले जानकारी दिए ।