राष्ट्रियसभाका विषयगत समितिमा फेरि पुरानै सभापतिहरु निर्वाचित
Friday, August 7th, 2020, 3:05 pm
काठमाण्डौ, २३ साउन । शुक्रबार गरिएको राष्ट्रियसभाका विषयगत समितिको निर्वाचनमा फेरि पुरानै सभापतिहरु नयाँ कार्यकालका लागि निर्विरोध निर्वाचित भएका छन् ।
निर्वाचनबाट दिगो विकास तथा सुशासन समितिमा तारादेवी भट्ट, विधायन व्यवस्थापन समितिमा परशुराम मेघी गुरुङ निर्वाचित भएका छन् । त्यसैगरी प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा रामनारायण विडारी र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी रावल थापा (पार्वती) निर्विरोध निर्वाचित भएका छन् ।
त्यसैगरी हिजो बिहीबार सभापति चयनका लागि मनोनयन दर्ता गराउँदा चारवटै समितिमा एक एक जनाको मात्र उम्मेदवारी परेको थियो भने शुक्रबार उनीहरु राष्ट्रियसभाका विषयगत समितिमा निर्वाचित भएको घोषणा गरिएको हो ।