गलत समूहको रगत चढाउँदा सुत्केरीको ज्यान गयो
Friday, August 7th, 2020, 2:38 pm
जनकपुरधाम, २३ साउन । जनकपुरधाममा गलत रगत चढाउँदा एक सुत्केरीको ज्यान गएको छ । रेडक्रस सोसाइटी र चिकित्सकको चरम लापरवाहीका कारण उक्त सुत्केरीको मृत्यु भएको हो ।
महोत्तरी गौशाला नगरपालिकाकी २२ वर्षकी गंगादेवी महतो सुत्केरी व्यथा लागेर जनकपुरधाम उपमहानगरपालिका ६ स्थित रामजानकी अस्पतालमा प्रसुति गराउन आएकीे थिइन् । शल्यक्रियामार्फत बिहीबार राति ९ बजे छोरी जन्माएपछि उनलाई रगत अभाव भएका थियो तर गलत समूहको रगत चढाउँदा उनको शुक्रबार विहान मृत्यु भएको हो ।
आफन्तका अनुसार ती महिलाको रक्तसमूह ओ पोजेटिभ रहेकामा अस्पतालले बी पोजेटिभ रगत चढाउँदा मृत्यु भएको हो । त्यस्तै अस्पतालका चिकित्सकले उनको रगतको स्याम्पल दिएर रगत ल्याउन रेडक्रसको रक्तसंचार केन्द्रमा पठाएको थियो ।
रक्तसंचार केन्द्रले राम््ररी हेर्दै नहेरी ओ पोजेटिभको सट्टा बी पोजेटिभ रगत दिएर पठाएके थियो भने चिकित्सकले पनि राम्ररी चेक नै नगरी सोही रगत चढाइदिएपछि ती सुत्केरीको मृत्यु भएको हो ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार घटनाबारे बुझेलगतै दुई जना चिकित्सकलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।