नेकपा अध्यक्ष ओली आक्रोशित बनेपछि प्रचण्डले डाकेको सम्पादकसंगको भेला स्थगित
Friday, August 7th, 2020, 2:08 pm
काठमाण्डौ, २३ साउन । पार्टीभित्र चलिरहेको विवादको निस्कासनको विषयलाई लिएर नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले छलफल गर्न सम्पादकहरूलाई बोलाएलगत्तै प्रधानमन्त्रीको सचिवालय आक्रोशित बनेको छ ।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले बिहान ७ बजे सम्पादकहरूलाई फोन गरेर २ बजेका लागि छलफलमा बोलाएको थाहा पाएपछि ट्वीटमार्फत कडा प्रतिक्रिया जनाएका छन् ।
उनले ट्वीटमार्फत इनफ इज इनफ भन्दै प्रवक्ता नारायणकाजी श्रेष्ठलाई मेन्सन गर्दै पदको लाज जोगाउन र गुटबन्दीमा नलाग्न भनेका छन् भने त्यस्तै पार्टी एकता विपरीत कुनै पनि गतिविधि कतैबाट नहोस् भन्दै मुलुक संवेदनशील मोडमा रहेको र यो महसुस गरियोस् उल्लेख गरेका छन् ।

त्यस्तै अर्का अध्यक्ष प्रधानमन्त्री आज हुन लागेको सम्पादकसंगको छलफलप्रति आक्रोशित बनेपछि भेला स्थगन गरिएको छ ।
यसैगरी प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले बिहान ७ बजे फोन गरेर सम्पादकलाई भेलाका लागि २ बजे मेरियट होटलमा डाकेका थिए । तर, अर्का अध्यक्षको आक्रोशछि उनले फेरि १२ बजे बोलाइएका सबै सम्पादकलाई एसएमएस मार्फत भेला स्थगित भएको सूचना दिएका छन् ।