पार्टीभित्रको आन्तरिक गतिरोध अन्त्यका लागि नेकपा अध्यक्ष प्रचण्डले सम्पादकसँग परामर्श गर्ने
Friday, August 7th, 2020, 12:29 pm
काठमाडौं, २३ साउन । पार्टीभित्र चलिरहेको विवादको निस्कासनको विषयलाई लिएर नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सम्पादकहरूसँग छलफल गर्ने भएका छन् ।
त्यस्तै अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्धय झलनाथ खनाल र माधवकुमार नेपाल तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले छलफलका लागि आज दिउँसो २ बजे सम्पादकहरूलाई काठमाडौंको मेरियट होटलमा बोलाएका छन् ।
आज हुने भनिएको भेटघाटको संयोजन अध्यक्षसहितका ४ जना नेताको आग्रहमा नेकपा केन्द्रीय सदस्य विष्णु रिजाल र अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा (जुगल)ले गरेका छन् ।
यसैगरी पार्टीभित्रको आन्तरिक गतिरोध वढ्दै जाँदा नेताहरुले पत्रकारलाई बोलाएर छलफल तथा परामर्श गर्न थालेका छन् ।