अस्वभाविकरुपमा बढ्यो सुनको भाउ, तोलाकै १ लाख ३ हजार ५ सय पुग्यो
Friday, August 7th, 2020, 11:37 am
काठमाण्डौ, २३ साउन । नेपाली बजारमा आज पनि सुनको भाउले ऐतिहासिक रेकर्ड कायम गरेको छ । पछिल्लो समय सुनको मुल्यमा भएको बृद्धिले नेपालमा सुन चाँदी व्यापार क्षेत्रमा नयाँ तथा ऐतिहासिक रेकर्ड राखेको छ ।
आज शुक्रबार सुनको मूल्यमा एकैदिन १ हजारले बढेको छ भने बिहिबार छापावाल सुन प्रतितोला १ लाख २ हजार ५ सय रुपैयामा कारोबार भएको थियो भने आज १ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महांसघले जनाएको छ ।
त्यस्तै,आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३ हजार रुपैयाँ कायभ रहेको छ ।
आज चाँदी प्रतितोला १४ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ भने यो मुल्य हालसम्मकै उच्च रहेको महासंघले बताएको छ ।