नेप्से बढे पनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन करिब ४ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २४८ स्टकको ५२ हजार ४६० पटकको कारोबारमा ३ अर्ब ३२ लाख ३० हजार रुपैयाँ बराबरको ८३ लाख कित्ता शेयर खरिदबिक्री भएको छ।
आज १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ४ उपसमूहको परिसूचक घटेको छ। यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधिक २.५१ अंक बढेको छ भने जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक सर्वाधिक २.१० प्रतिशत घटेको छ। बैंकिङ्ग, लगानी र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक आज सामान्य अंकले घटेको छ।

आज सानिमा जिआईसी इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो इन्स्योरेन्सको शेयरमूल्य यस दिन ४० रुपैयाँ ४० पैसा बढेर ४४४ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी आज सूर्योदय लघुवित्त र शिवश्री हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य यस दिन सर्वाधिक ५.४८ प्रतिशत घटेको छ। त्यस्तै, एनएमबि हाइब्रिड फण्ड एल १ को इकाईमूल्य ५ प्रतशितभन्दा बढी घटेको छ। कारोबार रकमका आधारमा आज नेपाल टेलिकम शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको आज करिब १३ करोडको शेयर कारोबार भएको छ। त्यसैगरी आज शिवश्री हाइड्रोपावरको १० करोडभन्दा बढीको शेयर किनबेच भएको छ।