प्रधानमन्त्रीसहित सचिवालय टिमको परीक्षण रिपोर्ट नेगेटिभ
Thursday, August 6th, 2020, 8:46 pm
काठमान्डौ, २२ साउन। नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली लगायत बालुवाटारमा रहेको सचिवालय टिमको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।
प्रदेश २ को आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र यादवमा कोरोना संक्रमण पुष्टि भएसंगै उनको कन्ट्याक्ट ट्रेसिङमा रहेका प्रधानमन्त्री ओलीलगायतको सचिवालय टिमको परीक्षण गरिएको हो ।
काठमान्डौबाट जनकपुर फर्किएका उनको परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि यादवको सम्पर्कमा आएका प्रधानमन्त्रीसहित सचिवालय टिमको परीक्षण गराइएको हो ।
साउन १७ गते बालुवाटारमा भएको बैठकमा उनिसंगै प्रधानमन्त्री, गृहमन्त्री, गृहसचिव, प्रहरी प्रमुख, सातै प्रदेशका कानुन मन्त्रीहरूलगायत उपस्थित रहेका थिए ।
सबैको स्वाब संकलन गरेर परीक्षण गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।