१८ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार
Thursday, August 6th, 2020, 7:05 pm
डोल्पा, २२ साउन। डोल्पा जिल्लामा जगदुल्ला गाउँपालिका–६, झ्याकोटकी १८ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको घटना सार्वजनिक भएको छ ।
जाजरकोट बारेकोट गाउँपालिका– ६ का ३१ वर्षीय कर्णबहादुर महतारा र डोल्पा जगदुल्ला गाउँपालिका–४ का ३१ वर्षीय गदबहादुर महताराले किशोरीलाई सामूहिक बलात्कार गरेका हुन् ।
दुईजनाले घरमा कोही नभएको अवस्थामा किशोरीलाई सामूहिक बलात्कार गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजेशनाथ बाँस्तोलाले बताए ।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।