शेयर बजारमा गिरावट
Monday, January 23rd, 2023, 3:30 pm
रे समाचार/काठमाडौं । सोमबार नेप्से सूचक १३.७१ अंकले घटेर २१७५.१० को विन्दुमा पुगेको छ । आज सेन्सेटिभ इण्डेक्स २.०५ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.९१ अंकले घटेको छ । आज कूल २५७ कम्पनीको १ करोड ७ लाख ५९ हजार ५ सय ७९ कित्ता शेयर ३ अर्व ८६ करोड ४ लाख ८ हजार ९ सय ७३ रुपैयाँ ६९ पैसामा खरिदबिक्री भएको छ ।
आज १३ वटै उपसमूह सूचकहरू मध्ये २ वटा बढेका छन् भने ११ वटा घटेका छन् । आज बैंकिङ्ग समूह र, म्युचुअल फण्ड समूहको शेयर मूलय बढेका छन् भने अन्य ११ वटाका घटेका छन् । आज हाइड्रोपावर समूह सर्वाधिक २.४२ प्रतिशतले घटेको छ ।
सोमबार ५ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आज आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेड, सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेड, कुमारी बैंक लिमिटेड, इस्ट्यान्डर चार्टर बैंक लिमिटेड, समृद्धि फाइनान्स कम्पनी लिमिटेड सर्किट लेभलमा कारोबार भएका छन् । आज हिमालयन हाइड्रोपावरले सर्वाधिक ७.७९ प्रतिशतको घाटा बेहोरेको छ ।
कारोबार रकमका आधारमा आज कुमारी बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ । आज उक्त कम्पनीको २७ करोड ४८ लाख २८ हजार ८ सय ३२ रुपैयाँ ३० पैसा बराबरको शेयर खरिदबिक्री गरेको छ । आज एन आई सी एशिया बैंक लिमिटेडले १२ करोड ७५ लाख ७७ हजार ९ सय ७२ रुपैयाँ ५० पैसा बराबरको शेयर खरिदबिक्री गरेको छ ।