छिमेकी राष्ट्र चीनमा देखापर्यो आर्को भाइरस, हालसम्म ७ को मृत्यु, ६७ संक्रमित
Thursday, August 6th, 2020, 6:51 pm
एजेन्सी, २२ साउन। छिमेकी राष्ट्र चीनमा देखापर्यो नयाँ प्रजातिको भाइरस देखा परेको छ ।
किराको टोकाइबाट लाग्ने एसएफटीएस भाइरस चीनमा देखा परेको र यसले हालसम्म ६७ जना संक्रमित बन्नुका साथै ७ जनाको मृत्यु भएको चिनियाँ संचारमाध्यमले जनाएका छन्। उक्त किराले भने रगत खाने गर्दछ।
सन् २००९ मा चीनमै यस भाइरस देखा परेको थियो। यस भाइरस नयाँ भने नभएको जनाइएको छ।
उक्त भाइरस मानवदेखि मानवमै पनि सर्ने सम्भावना रहेको विज्ञहरुले जानकारी दिएका छन्।