पछिल्लो २४ घन्टामा थप ३ सय ६० जनामा काेराेना संक्रमणको पुष्टी, २ सय ३३ जना निकाे भए
Thursday, August 6th, 2020, 6:09 pm
काठमान्डौ, २२ साउन। नेपालमा पछिल्लो २४ घन्टामा देशभरबाट थप ३६० जनामा कोरोनाको संक्रमण पुष्टी भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिंग मार्फत मन्त्रालयका प्रवक्ता गौतामाले जानकारी दिएका हुन्।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ६ सय २२ जनाको पिसिआर परीक्षण गर्दा ३ सय ६० नयाँ संक्रमित भेटिएका हुन् ।
यससँगै नेपालमा हालसम्म जम्मा संक्रमितको संख्या २१ हजार ७ सय ५० पुगेको छ ।
यसैगरी पछिल्लाे २४ घण्टामा २ सय ३३ जना निकाे भएर घर फर्किएका छन् । हालसम्म काेराेनामुक्त हुनेकाे संख्या १५ हजार ३ सय ८९ पुगेकाे छ ।