उपत्यकामा थप ८७ जना संक्रमित, अवस्था झन् भयावह बन्दै
Thursday, August 6th, 2020, 5:53 pm
काठमान्डौ, २२ साउन। पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ७६ जना, ललिपुरमा १० जना र भक्तपुरमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमित कहाँका हुन् भन्ने खुलाएको छैन ।