कार्यालयहरुमा गोष्ठी र बैठक नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह
Thursday, August 6th, 2020, 5:49 pm
काठमान्डौ, २२ साउन। कोरोनाको संक्रमण बढेसंगै स्वास्थ्य मन्त्रालयले कार्यालयहरुमा सरकारी, सामुदायिक तथा निजी कार्यालयहरुमा गोष्ठी र बैठक नगर्न अपिल गरेको छ ।
यदि यस्ता बैठक बन्द गर्न नमिल्ने भए भर्चुअल माध्यमबाट गर्न प्रवक्ता डा. जागेश्वर गौतमले आग्रह गरेका छन् ।
उता, भारतीय सीमा क्षेत्रका जिल्लामा सावधानी अपनाउन प्रदेश सरकार, स्थानीय तह, गैरसरकारी संस्था, शिक्षक, विद्यार्थी, अन्य पेशा व्यवसायका मानिसहरुलाई स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।
मन्त्रालयले स्वाब परीक्षणका लागि पनि आग्रह गरेको छ भने अनिवार्य क्वारेन्टिनमा बस्न पनि आग्रह गरेको छ ।