उपत्यकामा ८ जना कोरोना संक्रमित सम्पर्कविहीन
Thursday, August 6th, 2020, 4:20 pm
काठमाडौ, २२ साउन । बुधबार उपत्यकामा भेटिएका १०२ जना कोरोना संक्रमित मध्ये ८ जना संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा आएका छैनन् ।
यसैगरी बुधबार बिहानसम्म १६ जना संक्रमित सम्पर्कबाहिर थिए भने तीमध्ये ८ जना बिहीबार स्वाथ्यकर्मीको सम्पर्कमा आएका इपिडिमियोलोजी तथा रोग नियण्त्रण महाशाखाले जानकारी दिएको छ ।
इडीसीटीका केस म्यानेजमेन्ट संयोजक उत्तमकुमार कोइरालाका अनुसार संक्रमितमध्ये कतिको फोन अफ हुनुका साथै कसैको फोन उठेन । त्यस्तै सम्पर्कविहिन संक्रमितहरु तराईका जिल्लाबाट आएका उनले बताएका छन् ।
यसैगरी केही संक्रमितले पाटनमा स्वाब परीक्षणका लागि दिएका छन भने केहीले टेकुमा दिएका छन् । सम्पर्कबाहिर रहेका संक्रमितहरु फरक फरक ठाउँका भएका कोइराला जानकारी दिएका छन् ।
उनका अनुसार पहिला पनि यसरी नै संक्रमित सम्पर्कविहीन भए पनि फेरि आफै सम्पर्कमा आएका थिए ।