पूर्वमन्त्री चौरसियामा पनि कोरोना संक्रमण पुष्टि
Thursday, August 6th, 2020, 3:55 pm
विरगञ्ज, २२ साउन । पूर्वमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्यसमेत अजय चौरसियामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनको वीरगञ्जमा कोरोना परीक्षण गरिएको थियो भने रिपोर्ट कोरोना पोजिटिभ पुष्टि भएको हो ।
त्यस्तै २०५८ सालमा चौरसिया पर्साको विन्दावासिनी माई गाउँपालिका ४ अमरपट्टी टोलका सहायक स्थानीय विकासमन्त्री भएका थिए । उनको कोरोना परीक्षणको रिपोर्ट बिहीबार बिहान आएको हो भने हाल वीरगञ्जमा उनीसहित कोरोना संक्रमितको संख्या ४३ पुगेको छ ।
नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन कुमार उपाध्यायका अनुसार नारायणी अस्पतालको प्रयोगशालामा गरिएको कोराना परीक्षणमा वीरगञ्जका ४० जना, रौतहट, बारा र महोत्तरीका १ १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यसैगरी संक्रमण पुष्टि भएका चौरसियासहित अरु संक्रमितलाई आइसोलेसनमा राख्ने तयारी गएिको छ ।