प्रधानमन्त्री ओली परे ‘क्लोज कन्ट्याक’को सूचीमा !
Thursday, August 6th, 2020, 3:52 pm
काठमाडौं, २२ साउन । बुधबार साँझ प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवको कोरोना संक्रमणको रिपोर्ट पोजिटिभ पुष्टि भएलगतै प्रधानमन्त्री केपी शर्मा ओली पनि ‘क्लोज कन्ट्याक’को सूचीमा परेका छन् ।
गत साउन १४ गते मन्त्री यादव प्रहरी समायोजनसम्बन्धी समन्वय समितिको बैठकमा सहभागी हुन काठमाडौं आएका थिए । मन्त्री यादवसहित समितिमा रहेका प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्रीहरु, संघीय सरकारका गृहमन्त्री लगायतले बालुवाटारमा प्रधानमन्त्रीसँग छलफल तथा भेट गरेका थिए ।
त्यस्तै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार गत शनिबार नै प्रधानमन्त्रीसहित बालुवाटारका सुरक्षाकर्मीको समेत परीक्षण गएिको थियो तर सबैको रिपोर्ट नेगेटिभ आएको हो ।