प्रचण्डको परिवारका सदस्यको पीसीआर रिपोर्ट नेगेटिभ
Thursday, August 6th, 2020, 3:28 pm
काठमान्डौ, २२ साउन। नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनको परिवारमा पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।
पार्टीका अध्यक्ष प्रचण्डको सुरक्षामा खटिएका ६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि उनको परिवारको पीसीआर परीक्षण गर्दा संक्रमण नदेखिएको हो ।
प्रचण्डको स्वकीय सचिव समेत रहेकी दाहालपुत्री गंगा दाहालले सामाजिक सञ्जालमा जानकारी दिएकी हुन् ।
‘अध्यक्षलगायत हामी सम्पूर्ण परिवारका सदस्यहरु, सुरक्षाकर्मीहरु र सचिवालयका सदस्यहरुको कोभिड–१९ स्वाब परीक्षण गर्दा बाहिरी घेरामा रहनुहुने ६ जना सुरक्षाकर्मीलाई कोरोना पोजेटिभ देखिएको छ । उक्त ६ जनाबाहेक हामी सबैको सिरपोर्ट नेगेटिभ आएको जानकारी गराउँदछु ’ स्वकीय सचिव समेत रहेकी दाहालपुत्री गंगा दाहालले सामाजिक सञ्जालमा लेखेकी छिन्।