म्यान्टेस्टर युनाइटेड अंक बाढ्न बाध्य
Thursday, January 19th, 2023, 8:15 am
लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्टेस्टर युनाइटेड र क्रिस्टल प्यालेसले बराबरी खेल्दै अंक बाढेका छन् । आज बिहान क्रिस्टल प्यालेसको घरेलु मैदान सेलहर्सट पार्क स्टेडियममा सम्पन्न दुबै टोलीले १–१ गोलको बराबरी खेल्दै अंक बाढेका हुन् । बराबरी खेलेसंगै म्यान्टेस्टर युनाइटेडले लिगको दोस्रो स्थानमा उक्लिने अवसर गुमाएको छ ।
म्यान युका लागि ब्रुनो फर्नान्डिसले गोल गर्दा क्रिस्टल प्यालेसका माइकल ओलिसले बलाबरी गोल फर्काउनु भयो भयो । पहिलो हाफमा १–० को अग्रता बनाएको म्यान यु खेलको अतिरिक्त समयमा सम्हालिन नसक्दाँ अंक बाढ्न वाध्य भयो । खेलको ४३ औं मिनेटमा फर्नान्डिसले गोल गर्दै म्यान युलाई सुरुवाती अग्रता दिलाउनु भएको थियो । तर, दोस्रो हाफको अतिरिक्त समयमा क्रिस्टल प्यालेसका ओलिसले बराबरी गोल फर्काउदै म्यान्टेस्टर युनाइटेडलाई अंक बाढ्न वाध्य पार्नु भयो ।
यस बराबरीसंगै म्यान्टेस्टर युनाइटेडले १९ खेलमा १२ जित सहित ३९ अंक जोडेको छ । उ तालिकाको तेस्रो स्थानमा छ । युनाइटेड भन्दा १ खेल कम खेलेको म्यानचेस्टर सीटी समान अंकका साथ दोस्रो स्थानमा छ । शीर्ष स्थानको आर्सेनलको ४७ अंक रहेको छ । १९ खेलबाट २३ अंक जोडेको क्रिस्टल प्यालेस लिगको १२ औं स्थानमा छ । एजेन्सी