बेरुतमा रहेका सबै नेपाली सुरक्षित
Thursday, August 6th, 2020, 2:57 pm
काठमाडौ, २२ साउन । मंगलबार लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा भएको विस्फोटबाट सबै नेपाली नागरिक सुरक्षित रहेको सरकारले जानकारी दिएको छ । सबै नेपाली नागरिक सुरक्षित भएको जानकारी दिदैँ परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालका अनुसार नेपाल सरकारले बेरुतमा रहेका नेपाली नागरिक सकुशल रहेको र त्यहाँस्थित नेपालका अवैतनिक वाणिज्यदूत र गैरआवासीय नेपाली संघसँग कायरोस्थित नेपाली राजदूतावास निरन्तर सम्पर्क गरिरहेको छ ।
यसैबीच परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उक्त विस्फोटबाट भएको धनजनको क्षतिले आफूलाई मर्माहत तुल्याएको र सबै मृतकका परिवारजनका साथै लेवनान सरकार र त्यहाँका जनतामा सहानुभूति, समवेदना एवं ऐक्यबद्धता प्रकट गरेका छन् ।
मङ्गलबार बेरुतमा भएको उक्त शक्तिशाली विस्फोटबाट १३५ जनाको ज्यान गएको थियो भने चार हजारभन्दा बढी घाइते भएका छन । त्यस्ते बैदेशिक रोजगारीको सिलसिलमा लेबनानमा १३ हजारको हाराहारीमा नेपालहरु रहेका छन् ।