संघीय संसदका प्रवक्ता पाण्डेसहित ८ जनामा कोरोना संक्रमण पुष्टि, सबै कर्मचारी आइसोलेसनमा
Thursday, August 6th, 2020, 2:44 pm
काठमाडौं, २२ साउन । संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेमा पनि कोरोना संक्रमण पुष्टि भएको छ भने उनीसहित संसद सचिवालयका ८ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको हो ।
त्यस्तै सार्वजनिक लेखा समितिका सदस्य प्रदीप यादवसहितको संसदीय अनुगमन उपसमितिको टोली दुई साताअघि वन व्यवस्थापनबारे अनुगमनका लागि सुदूरपश्चिमसम्म गएको थियो ।
सांसद यादवलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रवक्ता पाण्डेसहितका सचिवालयका ८ जना कर्मचारीको स्वाब संकलन गरी कोरोना परीक्षण गरिएको थियो भने प्रवक्ता पाण्डेको कोरोना रिपोर्ट पोजिटिभ पुष्टि भएको हो ।
यसैगरी संक्रमित सबैलाई आइसोलेसनमा राखिएको छ ।