थप १० जना प्रहरीमा कोरोना संक्रमण पुष्टि
Thursday, August 6th, 2020, 2:25 pm
काठमान्डौ, २२ साउन। प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप १० जना प्रहरी अधिकारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै प्रहरी प्रधान कार्यालयमा कोरोना संक्रमित प्रहरीको संख्या ८५ पुगेको छ । यसअघि ७५ जना प्रहरी जवानहरुमा संक्रमण देखिएको थियो ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुवेरसिंह कडायतका अनुसार संक्रमितको सम्पर्कमा आएकाहरुको ट्रेसिङ, क्वारेटिनमा राख्नेलगायत काम भइरहेको जानकारी दिए ।
हाललाई प्रहरी प्रधान कार्यालयमा सर्वसाधारणलाई प्रवेशमा रोक लगाइएको छ ।