अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मुख्य कार्यलयका थप २० कर्मचारीमा कोरोना सङ्क्रमण
Thursday, August 6th, 2020, 2:35 pm
काठमाडौं, २२ साउन । बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका २० कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
मङ्गलबार अख्तिायारका ८० जना कर्मचारीका कोरोना परीक्षण गर्दा २० जना कर्मचारीको रिपोर्ट कोरोना पोजिटिभ आएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका मेडिकल टेक्नोलोजिस्ट धनप्रसाद पौडेलले जानकारी दिएका छन् ।
त्यस्तै यसअघि पनि अख्तियारका अग्रपङ्क्तिमा काम गर्ने १५ जना कर्मचारीहरुमा कोरोना संक्रमण देखिएको थियो ।