प्रचण्डको निवासमा कार्यरत ६ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि
Thursday, August 6th, 2020, 1:57 pm
काठमाडौं, २२ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा कार्यरत ६ जना सुरक्षाकर्मीमा पनि कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटले निवासमा कार्यरत सुरक्षाकर्मी र अध्यक्ष परिवारका सबै सदस्यको कोरोना परीक्षण गर्दा नेपाल प्रहरीका ६ जनाको रिपोर्ट कोरोना पोजिटिभ आएको हो ।
त्यस्तै कोरोना संक्रमण पुष्टि भएका ती सुरक्षाकर्मीहरुको पद भने खुलाइएको छैन ।