सुनको भाउ बढ्ने क्रम अझै जारी, तोलामा ११ सय बढ्यो
Thursday, August 6th, 2020, 10:57 am
काठमाण्डौ, २२ साउन । आज पनि नेपाली बजारमा सुनको भाउ उकालो लाग्ने क्रम जारी नै रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार सुनको मूल्य तोलामा ११ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको १ लाख दुई हजार ५ सय रुपैयाँ पुगेको छ ।
त्यस्तै हिजो बुधबार सुन तोलामा १६ सय रुपैयाँ बढेको तोलाको १ लाख १ हजार ४ सय रुपैयाँ थियो भने आज तोलामा ११ सय रुपैयाँ बढेर १ लाख दुई हजार ५ सय रुपैयाँ कायम रहेको छ ।
चाँदीको भाउ आज तोलामा ५० रुपैयाँ बढेर तोलाको १३ सय ४५ रुपैयाँ पुगेको छ । यसैगरी सुनको भाउ महँगो हुँदै गएपछि कारोबार भने ठप्प भएको छ ।