भोलिदेखि फेरि यातायातमा जोरबिजोर प्रणाली लागू गर्ने निर्णय
Wednesday, August 5th, 2020, 8:50 pm
काठमान्डौ, २१ साउन। भोलिदेखि सरकारले यातायातका साधन सञ्चालनमा फेरि जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यातायातका साधनमा जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो । कोरोनाभाइरसको जोखिम न्यूनीकरणका लागि भन्दै सरकारले फेरि जोरबिजोर प्रणाली जागू गर्ने निर्णय गरेको हो ।
उक्त्त निर्णय (भोलि) बिहीबारदेखि लागू हुने मन्त्रालय स्रोतको भनाइ छ । संक्रमितको संख्या बढ्न थालेसँगै फेरि यातायातमा जोरबिजोर प्रणाली लागू गर्ने निर्णय भएको हो ।