आन्तरिक मूल्यांकनबाटै कक्षा ११ को परीक्षाफल प्रकाशित गर्ने
Wednesday, August 5th, 2020, 8:19 pm
काठमान्डौ, २१ साउन। कोरोनाभाइरसको संक्रमणका कारण स्थगित कक्षा ११ को बोर्ड परीक्षा यसवर्ष नहुने भएको छ।
कक्षा ११ को पनि एसईईकै जस्तो गरी विद्यार्थीको आन्तरिक मूल्यांकनबाट परीक्षाफल प्रकाशित गर्न लागिएको हो।
परीक्षा रद्द गर्दै आन्तरिक मूल्यांकनबाट विद्यार्थीलाई सर्टिफिकेट दिने शिक्षा मन्त्री गिरिराजमणि पोखरेल अध्यक्ष रहेको परिषद बैठकले निर्णय गरेको हो।
कोरोना महामारीले परीक्षा सम्भव नभएकोले आन्तरिक मूल्यांकन प्रणाली अपनाउनुपरेको बैठकका एक अधिकारीले जानकारी दिए।
राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष कक्षा ११ को परीक्षा वैशाख २१ गतेदेखि गर्ने कार्यतालिका सार्वजनिक गरे पनि कोरोना महामारीले स्थगित गरिएको थियो।
पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराईका अनुसार कक्षा १२ को बोर्ड परीक्षा भने अनुकूल समयमा लिइन्छ।