घर फर्किएका ८ जनामा फेरी कोरोना संक्रमण देखियो
Wednesday, August 5th, 2020, 7:46 pm
कर्णाली,२१ साउन। कर्णालीका ८ जनामा फेरी कोरोना भाइरसको संक्रमण देखिएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख अस्पताल प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा बुधबार आइसोलेसनमा बसेर निको भई घर फर्किएका जुम्लाका ४ जना र दैलेखका ४ जनालाई फेरी पोजेटिभ देखिएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।
निको भएर पठाएकै व्यक्तिमा पुनः परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको हो ।