सरकारले लगायो १४ जिल्लामा निषेधाज्ञा, कुनमा कहिलेसम्म ?
Wednesday, August 5th, 2020, 6:40 pm
काठमाडौं, २१ साउन । सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि १४ जिल्लामा पूर्ण तथा आंशिक निषेधाज्ञा जारी गरेको छ ।
लकडाउन अन्त्य गरेसँगै देशभर कोरोना संक्रमण समुदायस्तरमा देखिन थालेपछि गृह मन्त्रालयले बुधबार एक सूचना जारी गरी निषेधाज्ञा लागू गरिएका जिल्ला, क्षेत्र र लागू रहने मितिबारे जानकारी दिएको हो।
गृह मन्त्रालयका अनुसार सप्तरी, बाँके, पर्सा, बारा, सर्लाही र स्याङजामा जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ भने धनुषा, नुवाकोट, मोरङ, महोत्तरी, झापा, सुनसरी, बझाङ र दार्चुलाका बिभिन्न ठाउँमा निषेधाज्ञा लगाइएको छ।
पछिल्लो समय काठमाडौंलगायत तराईका विभिन्न जिल्लामा कोरोना संक्रमितको संख्या ह्वातै बढेको छ । यस्तै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या पनि बढिरहेको छ ।
निषेधाज्ञा लागु हुने जिल्ला, क्षेत्र र मितिः