कोरोना संक्रमणबाट काठमाडौंमा १ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ६३ पुग्यो
Wednesday, August 5th, 2020, 6:35 pm
काठमान्डौ, २१ साउन। कोरोना भाइरसबाट राजधानीमा थप १ जनाको मृत्यु भएको छ।
बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचाररत सर्लाही–६ मलंगवाकी ६५ वर्षीया महिलाको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ । उनी १६ गते सशस्त्र प्रहरीको अस्पताल भर्ना भएकी थिइन् ।
उनलाई निमोनियाका साथै स्क्रब टाइफस समेत देखिएको थियो । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६३ पुगेको छ ।